Breaking News

शिक्षा मन्त्रालयद्वारा ३१ बुँदे आकस्मिक कार्ययोजना सार्वजनिक (हेर्नुहोस् पूर्ण पाठ)

By मनासलु

September 22, 2020

काठमाडाैं- शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी ३१ बुँदे आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ। साे कार्ययोजनाअनुसार असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न स्थानीय तह, र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको छ ।

कोराना भाइरसको महामारीले गर्दा शिक्षा क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कार्ययोजना स्वीकृत गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। सो मन्त्रालयले यसअघि जारी गरेको निर्देशिका हरुलाई नै कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाएको जनाएको छ । यसअघि नै शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरिसकेको छ।

सो कार्ययोजनाले बसाइँ सरी आएका विद्यार्थीको तथ्यांक संकलन गरी सबै बालबालिकाको लागि पाठ्यपुस्तक उलब्धताको सुनिश्चितता गर्ने र असोजकाे पहिलो हप्तासम्म कार्यस्थलमा शिक्षकहरू उपस्थिति हुनुपर्ने कुरामा जोड दिएको छ। मन्त्रिपरिषद्को गत असोज १ गतेको निर्णयबाट विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ स्वीकृत भएको हो।

</p