Breaking News

कर्णालीमा ११औं तहका सरकारी डाक्टरकाे काेराेना सङ्क्रमणका कारण निधन

By मनासलु

October 01, 2020

असाेज १५ सुर्खेत। नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पहिलो पटक एक जना डाक्टरले ज्यान गुमाउनु परेकाे छ । कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना सक्रमणपछि उपचारका क्रममा ज्यान गएको हो ।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए । ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर थिए ।