साहित्य

सुरेश कुमार पाण्डे को गजल

By मनासलु

October 02, 2020

यो देश जनताको हो नेताको जागिर छैन, राणा राजाझैँ यो पनि गए कत्ति पिर छैन।

पचेन जनताको मान सम्मान इनिहरुलाई, अब यँहा फुलका माला र त्यो अबिर छैन।

आउलान भोट माग्न जनताको आगन मा, उन्को स्वागतमा अब त्यो मिठो खिर छैन।

मुस्किल छ अब पौडिन यो जन सागर मा, यो भन्दा अपठ्यारो त संसारमा भिर छैन।

जनताको रोदन मुटुमा गएर बिज्नेछ फेरी, सरकार यो भन्दा तिखो कतैपनि तिर छैन।

बस्छन वीर देश भक्त हिमाल पहाड तराई, दुष्ट को अगाडी झुकि रहने यँहा सिर छैन।

गर कु कर्म हेरेकाछन मज्दुर सेते जस्तै ले, भ्रष्टचार नभयको देशभित्र मठ मन्दिर छैन। सुरेशकुमार पाण्डे