Breaking News

उपचार खर्च नतिरेका कारण अस्पताल बस्न बाध्य नेपाली घर फर्किए

By मनासलु

October 15, 2020

गाेरखा २९,असाेज । भारतकाे उत्तर प्रदेशमा रहेकाे लखनउ स्थित फरिजावादमा सडक दुर्घटनामा परी पुरानाे मेडिकल कलेजमा उपचार गराइरहेकी गाेरखा मनकामनाकी २३ वर्षिय सानुमाया नेपाली आज घर आएकी छन् ।

दुर्घटनाका  कारण  मेरुदण्ड भाँचिए पछि उनकाे चितवन स्थित मेडिकल कलेजमा उपचार भएकाे थियाे ।  उपचारको लागि खर्च भएको पैसा तिर्न नसक्दा बिगत ६ महिना अस्पतालकाे शैयामा रहेकी सानु माया नेपाली घर फर्काउँ अभियान सञ्चालन गरेर गाेरखा नगरपालिका वडा नम्वर ९ घर भएका राजेन्द्र सिर्मलले आज एक लाख  तीन हजार ७६४ रुपैयाँ  अस्पतालमै पुगेकाे विरामीलाइ हस्तान्तरण गरेका थिए ।

उपचारमा ८ लाख खर्च भएकाेमा शहिद लखन गाउँपालिकाले एक लाख प्रदान गरेकाे थियाे । गएकाे फागुन महिनामा पूर्णिमाका दिन एक सरकारी गाडीले नेपालीलाइ बाटाे क्रस गर्ने क्रममा ठक्कर दिएकाे थियाे । ठक्कर दिने सरकारी गाडी प्रहरी नियन्त्रणमा रहेकाे र अन्य कानुनी प्रक्रिया अघि बढेकाे लखनउ प्रहरीले जनाएकाे छ ।

मेडिकल कलेजलाइ तिर्न बाँकी उपचार खर्च गाडिवालाले दिए पछि दिने शर्तमा विरामीलाइ एम्बुलेन्स मार्फत आज घर ल्याइएकाे सानुमाया नेपाली घर फर्काउ अभियानका अभियान्ता राजेन्द्र सिर्मलले जानकारी दिए ।

आफ्नाे उपचारमा सहयाेग गरी घर फर्काउन सहयाेग गर्ने मनकारीहरुलाइ नेपाली मनैदेखि खुशी हुँदै धन्यवाद प्रदान समेत गरेकी छन् ।