साहित्य

डा. घनश्याम परिश्रमी को मनछुने गजल

By मनासलु

October 15, 2020

छाडेर गाउँ बस्ती निस्केँ म जब सफरमा गन्तव्य विन्दु खाेज्दै आखिर पुगेँ सहरमा

पृथ्वी छ गाेल भन्छन् भूगाेल शास्त्र पढ्ने चेप्टो छ जस्तो लाग्यो तर यो मेरा नजरमा

संस्कार फेरिँदै छन् , आकार बदलिँदै छन् नव सभ्यता पसेको देखिन्छ गाउँघरमा

उल्टो भएछ नतिजा पक्कै यथार्थ बुझ्दा मैले जितेर हारेँ, अन्यायकाे समरमा

एक्लै नहिँड्नु भन्ने आदेश आउँदै छ छर्नेहरू निकै छन् सन्त्रास हरडगरमा

बाढी प्रकाेपका छन् , छन् व्याधिका वृतान्त पाइन्न सुन्न कहिल्यै राम्रा कुरा खबरमा

भाषण गरे मजाले झगडाविरुद्ध जसले बेमेल रैछ उनकै परिवार बीच घरमा बहर- मुजारे अर्कान- 221.2122.221.2122 काफिया बन्धन – अर तहलिली रदिफ- मा