Breaking News

बहराइनका राजकुमारद्धारा मनास्लु हिमालको सफल आरोहण

By मनासलु

October 15, 2020

असाेज २९, गाेरखा । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले  मनास्लु हिमालको सफल आरोहण गरेका छन् । उनले विहिबार बिहान ६ः १० बजे हिमालको चुचुरोमा पुग्न सफल हुनुभएको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले बताए ।

राजकुमार खालिफा संगै आरोहणदलमा सहभागी अन्य ५० जना भन्दा बढीले मनास्लु हिमालको सफल आरोहण गरेका हुन ।राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेको थियो। आरोहण दलको नेतृत्व विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा, १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजन बिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरेका थिए  ।

८,१६३ मिटर अग्लो मनास्लु हिमाल गाेरखामा रहेकाे छ भने यसलाइ  बिश्वमा किलर माउन्टेनको रुपमा पनि चिनिने गरिन्छ ।