प्रदेश

ग्लोबल गोरखा समाजकाे अधिवेशन शनिबार जुम भर्चुअल माध्यमबाट हुने

By मनासलु

October 15, 2020

असाेज २९,गाेरखा । ग्लोबल गोरखा समाजले विधानलाई  छलफल गरि आवश्यक संशोधनको लागि ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । विधान समिति संयोजकमा एनआरएनएमा तीन कार्यकाल विधान समितिमा काम गरिसकेका हरिहर अर्याल , सदस्यहरुमा एनआरएनए आइसिसी संरक्षक रामप्रताप थापा , एनआरएनए मानार्थ सदस्य डिल्ली ढकाल , एनआरएनए नेपाली भाषा प्रवर्द्धन उपसमित संयोजक कृष्ण लामिछाने , नेपाली समाज कतारका संस्थापक बुधबल गुरुङ र कानुनी सल्लाहकारमा ङासुराम पराजुली रहेका छन् ।

समाजको यही शनिबार अर्थात १७ अक्टोबर २०२० मा जुम भर्चुअल माध्यमबाट अधिवेशन हुँदैछ । ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागि हुनेछन । पूर्वप्रधानमन्त्री भट्टराईले जुम भर्चुअल माध्यमबाट हुने अधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नेछन ।

त्यस्तै , कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा गोरखाका नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा सहभागि हुनुहनेछन । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे , एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष कुमार पन्त , एनआरएनएका संरक्षक रामप्रताप थापा , दिनबन्धु पोखरेल लगायत देश विदेशबाट विभिन्न अतिथिहरु पनि सहभागि हुने तय भएको अध्यक्ष गुरुङले बताए ।