काठमाडौं । लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वर रहेको लोकदोहोरी गीत ‘मिरमिरे साइँली’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग, मिक्सिङ कुमार सानु रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा संजीव ठकुरी र अनुपमा भण्डारीको रोमान्स देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा दिपक गिरीको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको छ ।