
गाेरखा २, माघ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भष्मासुर केपी शर्मा आेलीलाइ प्रधानमन्त्री बन्न सघाउने माधव-प्रचण्ड समूहका नेताहरु प्रधानमन्त्री कुनै पनि हालतमा नहुने बताएका छन् । गाेरखामा आज आयाेजित पत्रकार सम्मेलनमा पत्रकारले साेधेकाे प्रश्नमा उत्तर दिदै उनले भने,’ यदि नेकपा फुट्याे भने सँघीय समाजवादी पार्टी चाैँथाे दल हुन्छ, चाैँथाे दलले प्रधानमन्त्री दावी गर्ने कुरा आउँदैन, भष्मासुर केपी अाेली रिङ आउट हुनेनै छन, उनलाइ प्रधानमन्त्री बन्न सघाउने माधव – प्रचण्ड प्रधानमन्त्री हुने कुरा आउँदैन, त्यसाे हुँदा अवकाे प्रधानमन्त्री शेर बहादुर देउवा हुन सक्ने आँकलन मेराे हाे । ‘
केपी आेली रिङ आउट हुने मात्र हैन ठूलै कसूर लाग्ने उनले बताए । संसद विघटन गरेर ओलीले अपराध गरेको भन्दै डाक्टर भट्टराईले अदालतको फैसलाले ओली रिङ आउट हुने र उनि जस्तो भष्मसुरलाई हुर्काउने प्रचण्ड–माधव समेत प्रधानमन्त्री पदको लाकय नभएकाले शेरबहादुर देउवाको विकल्प नरहेको थप पुष्टि गरेका छन् ।
खडग प्रसाद ओली राष्ट्रवादी नभई राष्ट्रघाती प्रमाणित भएको पछिल्ला गतिविधिले प्रष्ट पारेकाे उनले बताए । संविधान निर्माणका क्रममा ओलीले राष्ट्रवादीको विल्ला भिर्न खोजेको र त्यसकै जगमा दुइ तिहाइकाे सरकार बनाउन सफल भएपनि उनकाे असली रुप अहिले देखिएको बताए ।
यसैवीच डाक्टर भट्टराइले अदालतले सँसद पुनर्स्थापाकाे पक्षमा निर्णय गर्छ जस्ताे आफूलाइ नलागेकाे बताए । विभिन्न चलखेल भएका छन्, सँसद पुनर्स्थापना भए पनि नभए पनि एउटा निकास निस्कने उनले बताए ।
पत्रकार सम्मेलनअघि उनले आफ्नो निर्वाचन क्षेत्र र समग्र गोरखामा सञ्चालन भइरहेको विकास निर्माणका बारे जिल्ला प्रशासन कार्यालय गोरखामा विकासे अड्डाका प्रमुखहरु, ठेकेदार लगायत सरोकारवालाहरुसंग छलफल गरेका थिए । गाेरखाकाे विकास निर्माणमा वनले अवराेध गरेकाे सराेकारवालाहरुले बताएका थिए । प्रत्येक ३-३ महिनामा जिल्लाकाे विकास निर्माणका बारेमा डाक्टर भट्टराइले छलफल गर्दै आएका छन् ।