साहित्य

सुरेशकुमार पान्डे का दुई मन छुने गजल

By मनासलु

February 07, 2021

गजल१

वीरहरुको देशमा प्रगति हुन सकिन, बिकाश पनि यँहा कत्ती हुन सकिन।

स्वर्ग भन्दा शुन्दरछ तर पनि देश मा, युवाहरु सरकारमा भर्ती हुन सकिन।

हिमल पहाड तराईले घेरेको देशमा, गतिलो नेता देश भक्ती हुन सकिन।

बढारे जनताको हुँकारले तानाशाह, फेरी पनि देशमा उन्नती हुन सकिन।

कल कल बग्ने निश्चिल झरना हेर्दा, अर्को असलमै औषती हुन सकिन।

हाम्रो देशको बनावट हेर्दा लाग्छ हो, यो भन्दा शुन्दर नै धर्ति हुँन सकिन।

केकाम वीर बलवान भयर हामीहरु, बिकाश यँहा बल जप्ती हुन सकिन।

गजल २

साशकहरु ले जनतालाई सताउँदै आए, त्यसैले त जनताले सड्क तताउँदै आए।

हेरौँ हाम्रो देशको ईतिहाश प्रष्टै देखिन्छ, बेला बेलाका घटनाहरुले बताउँदै आए।

जनताले मौन समर्थन र ताली पिटेपछी, ठुल ठुला दलका नेताहरु मताउँदै आए।

भोट लिने बेला नेताहरुको ब्यबहार हेरौँ, गरु बेचेकै साईनो साख्खै जताउँदै आए।

जनता फस्छन र ता झुठ्ठा माया जालमा, नेताले जेभन्छन जनताले पताउँदै आए।

सेते जस्तालाई त चिन्दैन जीतेर गएपछि, मौका परस्त नेताहरु सदै अताउँदै आए।          सुरेशकुमार पान्डे