आफ्ना पक्षमा जुलुश गर्न मान्छे राखेर शभा भर्न
अर्कालाइ पार्न हेर्या हेर्यै देखाउन छ रे आफ्ना धेरै
बूँख्याँचा उभ्याउन मिलेन अरे खान बस्न सबै छ रे
घर घर डुल्दै आछन् लान छैन रे चिन्ता जान र खान
के चाँहि खान्छाै राेजेर खाउ बस चढेर घुम्न जाउ
समाइदेउ झण्डा लाठि बाेक बाेल भने बाेल ठाेक भने ठाेक
सुन्देउ भाषण ठाेक्देउ ताली चर्काे स्वरमा गर्देउ गाली
बिरामी बाेक्ने एम्बुलेन्स राेक घाेप्ट्याउ ठेला तरकारी पाेख
नेता आउछन् चढेर गाडि जलाउनु अरु नेताका छाडि
बनाइ आफ्नाे बिबेक अन्ध भन्दिनु आज नेपाल बन्द
मान्छे बटुल्ने ठेक्का बाेल खल्तीमा पर्छ भन्या माेल
एकथरि आउछ घर पुर्याइ दिन अर्काे आउछ फेरि लिन
एउटै झण्डा एउटै नाम जाेगाएर राख्नु लाउछ काम
भात हैन पुलाउ नै खाउ उनकै खर्चमा घुम्न जाउ
खाएर घुमेर दक्षिणा आछ जे जे भा छ ठिकै भा छ
शहर घुम्नि मुख पनि फेर्नि नाटक हेर्नि कि नाैटङ्की हेर्नि?
-अर्जुन राज पन्त,बाग्लुङ मुलपानि (ब्यङग्य कवि पहिलाे ब्यङग्यकाब्य ‘काेइली’का समेत लेखक हुन)