सोध्छेउ खबर जसो तसो कासेकै छु भित्री मन दुखाँएर बाहिर हाँसेकै छु
बिदा दिएर आखाँ भरि आसु बनायौ भुल्न नसकि तिम्रो पवित्र नाता गाँसेकै छु
यो जिउ गलेर भुतूक्क भईरहदा पनि यहाँ हृदयमा पल पल तिम्रो तस्वीर टासेकै छु
थाहै पाउदिन रात हुन्छ कि दिन हुन्छ यो दायाँ बाँया नगई जिवन समय मासेकै छु
तिम्ले नगर्नु फोन मलाई बारम्बार हेर प्रिया बेला बेला मनमा सम्झनाको छुरा धासेकैछु
सुरेश पाण्डेय सुर्खेत विरेन्द्रनगर