साहित्य

‘लोचन फूलको थुँगा ज्यु को दमदार गजल

By मनासलु

February 10, 2021

किन हाेला आज जिन्दगीले अलग्गै माेड बनायो रोइरहँदा हाँस्न नसक्ने कस्तो निचोड बनायो ।

केही चिजहरू फुट्छन् टुट्छन् सजाउन सिक्नुपर्छ असत्य टिक्दै टिक्दैन यहाँ, सत्यको जाेड बनायो ।

क्या खुव बनायो मेराे याे भाग्य बनाउनेले पनि तिमी बनायो म बनायो किन हाे बिछोड बनायाे ।

म कमजोर जराकाे रुख, सानो हावाले हल्लिन्छु नयाँ नेपाल, सत्ताको खेल, मात्र ताेड्फाेड बनायाे ।

अभाव बाहेक अरु ठूलो पीडा के हुन्छ र जिन्दगीमा अनुभव बटुल्दै जाँदा, मलाई पिडा करोड बनायो ।

‘लोचन फूलको थुँगा’ मुम्बई