साहित्य

जगत ‌थापाका ५ दमदार मुक्तक हरु

By मनासलु

February 17, 2021

१, भन्छन सहर अनि धन धनि हरुको हो// ठुला छन घर जिबन धनि हरुको हो// कयौँ टुहुरा रुदैँ माग्दै सडकमा हिड्छन// दिँदैनन् एक पैसा वा मन धनि हरुको हो//

२,

खै किन उनि सबै कुरा प्रेम दिवसमै भन्छु भन्छिन्// यही अवसर पारी तिमी मेरो म तिम्रो बन्छु भन्छिन्// म तिम्रो बन्न मन त छनि मलाई तिमी बनाउ मात्रै है// तिमी साथमा भए सुख छोडी दु:ख सहन्छु भन्छिन्//

खै किन चोरेर यो मन फरार भयौँ// आज दिएर ठूलो बचन फरार भयौँ// आफु खुसी हुदा मेरो बारे सोचिनौँ// बरबाद नैं पारेर जिवन फरार भयौँ//

४,

मायामा सिन्दुर अनि चुरा पनि हुन्छन् र // छक्कायर जान्छन छुरा पनि हुन्छन् र // म आफ्नै सम्झी उस्लाई माया गरीरहे// सोचेका सबै सपना अधुरा पनि हुन्छन् र //

५,

तिम्रो रुप सँगसँगै – तिम्रो बोलि वा गजब लाग्छ// न त बोल्छौ तिमीले दिल खोलि वा गजब लाग्छ// मैले वास्ता नगरे पनि तिमी किन हो किन फेरि मेरो अघिपछि नै छौ आजभोलि वा गजब लाग्छ//

जगत ‌थापा सुदुरपश्चिम बझाङ्ग हाल ईन्डिया