साहित्य

श्रीकृष्ण शर्मा का पाँच टुक्का कविता

By मनासलु

February 21, 2021

१) कोही मुसा कोही बिरालो बनेर खेल्ने खेल, बाँदरलाई के पच्थ्यो र बासमतीको सेल ।

२) नेपालका भोगी नेता के ल्याउँथे रेल, छुचुन्द्राको टाउकोमा चमेलीको तेल ।

३) राम्रो आँखाले हेर्नेलाई पो संसार हुने हो सुल्टो, चश्मा उल्टो भएपछि संसार घुम्ने रहेछ उल्टो ।

४) भर्न पाऊँ हे शारदे सबै ज्ञानको थैला, कञ्चन बनूँ हिमाल झैँ पखालेर मैला ।

५) मेरै लाल भनी ठूलो भुल गरेछु मैले, रामको रूपमा हराम भन्ने लाग्छ ऐले ।

श्रीकृष्ण शर्मा पोखरा