गोरखा – गोरखाको आरुपोखरीमा रहेको सालघारी जंङ्गलमा भएको आगलागीमा परी १ जना बृद्वको मृत्यु भएको छ ।
आरुघाट गाँउपालिका ७ आरुपोखरीको सातदोबाटो सामुदायिक बनको सालघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही आगोले पोलेर स्थानिय ७२ बर्षका मोहन फेवालीको मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो ।
घटना क्रम अनुसार हिजो राती ९ बजेको समयमा घर नजिकैको सालघारी जङ्गलमा आगलागी भए पछि गाँउले संगै आगो निभाउन गएका फेवाली सोही आगोले पोल्दा घटना स्थलमा मृत्यु भएको थियो । घटनाका बिषयमा आरुघाट प्रहरीलाई राती ११ः३० बजे मात्र जानकारी प्राप्त भएको र प्रहरी घटना स्थल पुग्दा फेवाली मृक्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए ।
मृत्तक फेवालीको आरुचनौटे प्रार्थमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमार्टम गरी आज परिवारलाई शव बुझाईएको छ ।
प्रहरीका अनुसार जङ्गल नजिकै रहेको उनको घरमा रहेको परालको टैवामा आगो लाग्ने भए पछि जङ्गलमा आगो निभाउन गएको र सम्र्पकमा नआए पछि गाँउलेले खोजि गर्दा मृत्त भेएिका थिए । बिच भागबाट गएको बिद्युत सर्ट हुदा सालघारीमो आगलागी भएको थियो ।
हिजै राती आएको हावाहुरीका कारण जिल्लाको दर्जनौ सामुदायिक बनमा आगलागी भएको डिभिजन बन कार्यालय गोरखाले जनाकारी दिएको छ ।