पोखरा, २६ वैशाख । कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकद्मी लिने र समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकीले ‘क्विक रेस्पोन्स टीम’ निर्माण गरेकाे छ ।
महासचिव गोविन्द सुवेदीको कमाण्डमा कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सदस्यहरु रञ्जिता शर्मा, प्रकाश डोटेल र रमेश वास्ताकोटी रहेको टीम निर्माण गरेको हो । महासंघको प्रदेश समितिको आईतवार विहान वसेको अनलाईन वैठकले क्विक रेस्पोन्स टीम निर्माण गर्दै पत्रकारका समस्याहरुलाई हल गर्ने पहलकद्मी लिने निर्णय गरेको अध्यक्ष नारायण शर्माले वताए ।
विपतका समयमा महासंघका जिल्ला अध्यक्षहरुसंग निरन्त्तर संवादमा रहन अनलाईन ग्रुप निर्माण गर्ने निर्णय बैठकले गरेको छ । पत्रकार महासंघ गण्डकीलाई प्राप्त स्वास्थ्य सुरक्षा सामाग्रीलाई सवै शाखाका अध्यक्षसंग समन्व गरेर सञ्चारकर्मीसंग पुर्याउने, निषेधाज्ञाको कारण घरभित्र रहँदा उत्पन्न हुनसक्ने समस्यालाई ध्यान दिदै विशेषज्ञ चिकित्सकसंग सहकार्य गरेर पत्रकार परामर्श कक्षा सञ्चालन गर्ने निर्णय पनि वैठकले गरेको प्रदेश सदस्य रञ्जिता शर्माले वताईन ।
वैठकले कार्यक्षेत्रको फिल्डमा खटिएका सवै पत्रकार सञ्चारकर्मीको पिसिआरको ब्यवस्था गर्न, खोपको ब्यवस्था मिलाउन र संक्रमितको उपचारमा प्राथमिक दिन प्रदेश सरकार, समबन्धित स्थानीय सरकार र त्यहाँका स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । पत्रकारले आफु सम्वद्ध सञ्चारगृहमा सुरक्षाका लागि आवश्यक ब्यवस्था मिलाउन अनुरोध गर्ने र स्वयम आफैले पनि सुरक्षित भई कार्य सम्पादन गर्न अनुरोध गरेको छ ।
महासंघ गण्डकीले विपतको समयमा कुनै पनि पत्रकारलाई जागिरबाट नहटाउन सवै सञ्चारगृहलाई अनुरोध गरेको महासचिव गोविन्द सुवेदीले वताए । वैठकले प्रदेशभित्र संक्रमित रहेका १० जना पत्रकारको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । कामकाे शिलशिलामा घर बाहिर रहने पत्रकारहरुका लागि परेका समस्या समाधान गर्नका लागि टिम निर्माण गरिएकाे महासचिव गाेविन्द शर्माकाे भनाइ छ । महासँघकाे सदस्यता प्राप्त नगरेका साथीहरु पनि पत्रकारिता क्षेत्रमा हुनुहुन्छ उहाँहरुकाे समस्या पनि हाम्रै समस्या भएकाे उनले बताए ।
पत्रिका पठाउने क्रममा हुलाक टिकट नलाग्ने अवस्थालाइ लाग्ने बनाएकाे प्रति पनि नेपाल पत्रकार महासँघकाे आजकाे बैठकले सरकारलाइ त्यस्ता जनविराेधि क्रियाकलाप सुधार गर्न आग्रह गर्ने निर्णय समेत गरेकाे सदस्य रमेश बस्ताकाेटीले बताए ।
प्रदेशले अफ्ठेराे अवस्थामा परेका पत्रकारहरुका लागि पूर्ण सहयाेग गर्ने जनाएकाे छ । निषेधाज्ञा लामाे समयसम्म रहन सक्ने कुरालाइ मध्यनजर गर्दै पूर्व तयारी गरिरहेकाे महासँघका अधिकारीहरुले जानकारी दिएका छन् । महासँघले यसअघि नै जिल्ला जिल्लामा पुगेर स्वास्थ्य सामग्रि वितरण गरिरहेकाे छ ।