Breaking News

सरकारलाइ भन्दा प्रवासि नेपालीहरुलाइ जिल्लाका नागरिकहरुकाे स्वास्थ्य चिन्ता

By मनासलु

May 23, 2021

गाेरखा । राज्यका निकायका जिम्मेवार अँगहरु कहाँ के पाइन्छ भनेर हिडिरहेका समय आफ्नाे कामकाे शिलशिलामा प्रवासमा पुगेका नेपालीहरुले भने जिल्लामा रहने नागरिकहरुकाे स्वास्थ्यमा समस्या नहाेस भन्दै निरन्तर सहयाेग गर्दै आएका छन् । राज्य भन्दा एक कदम अघि बढेर उनीहरुले आफ्ना जिल्लावासीकाे स्वास्थ्य चिन्ता व्यक्त गर्दै आएका हुन् ।

सहयाेगलाइ गाउँ सम्म पुर्याउन सजिलाे पनि छैन । तालुक निकायहरुलाइ पहिलाे भाग लगाउन नसके केही दिनमै भाैतिक सहयाेग हाेइन आर्थिक गर्नुहाेस भनेर पत्रचार नगर्लान भन्न सकिन्छ । यसबीच सरकारले एकद्वार प्रणाली भन्दै सूचना जारी गरिसकेकाे छ ।

हेर्नुहाेस सूचना

गाउँमा रहेका दाजूभाइ दिदि बहिनी आमा बुवाकाे स्वास्थमा समस्या नआयाेस भन्ने मायाले प्रवासमा रहेका नेपाली,गाेरखालि नागरिकहरुले निरन्तर सहयाेग गरिररहेका छन् ।  ग्लाेवल गाेरखा समाज र गाेरखा समाज जापानकाे सहयाेगमा गाेरखाका पालिकाहरुलाइ स्वास्थ्य सामग्री हस्तान्तरण भएकाे छ ।

हेर्नुहाेस पालिका र सामग्री विवरण

1, Bhimsen Thapa Gaupalika Oximeter = 30pcs Antigen Kit = 60pcs Mask=5000pcs 2, Gorkha Nagar Palika Ox= 30pcs An=70pcs Ma=8000pcs 3, Gandaki Gaupalika Ox=30PCs An=70pcs Ma=8000pcs 4,Shahid lakhan Gaupalika Ox=25pcs An=50pcs Ma= 5000pcs 5, Siranchowk Gaupalika Ox= 20pcs An=50pcs Ma= 5000pcs 6, Barpak Sulikot Gaupalika Ox=20pcs Ma=5000pcs An- 42 pcs 7, Arughat Gaupalika Ox= 20pcs An=40pcs Ma=5000pcs 8, Dharche Gaupalika Ox= 20pcs Ma=4000pcs 9, Ajirkot Gaupalika Ox=20pcs Ma= 4000pcs 10,Palungtar Nagar Palika Ox = 30pcs Antigen Kit= 60pcs Mask= 8000pcs 11,Chumnurbi Gaupalika Ox= 15pcs Mask=3000pcs Pluse Oximeter Total = 232 pcs Antigen Kit Total= 450pcs Mask = 60,000 ग्लाेवल गाेरखा समाजले विश्वभरी छरिएर रहनु भएका गाेरखाली दाजूभाइ दिदीवहिनीहरुलाइ सहयाेगका लागि अपिल गरेकाे छ । ग्रामीण क्षेत्रमा नै रहेर उपचार गर्न सकिने गरी प्रत्येक वडामा पुर्याउन सहयाेग सँकलन भइरहेकाे ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष आकाश वञ्जराले बताए ।

हेर्नुहाेस अभियान पाेष्टर