गाेरखा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गाेरखामा ८६ जना महिला र ८५ जना पूरुष सहित १७१ जना सङक्रमित भएका छन् ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए ।
१२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।