असार १०,गाेरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८\०७९ का बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५७ लाख २३ हजार रुपैय बराबरको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक गर्नुृ भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथामिकता दिइएको छ ।
असार १० गतेभित्र आउँदो वर्षको नीति कार्यक्रम बजेट ल्याउनुपर्ने प्राबधान छ । जिल्लामा नीति, कार्यक्रम र बजेट ल्याउने पालिकाहरुमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिका छन् ।
यस अघि शहिद लखन गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट ल्याइसकेकाे छ । चुमनुब्री गाउँपालिकामा भने प्रकाेपकाे कारण नीति कार्यक्रम तथा बजेट केही समय ढिला हुने भएकाे छ । त्यस क्षेत्रमा सञ्चार सम्पर्क समेत हुन सकेकाे छैन । प्रमुख प्रशासकीय अधिकृत सहितकाे टाेली पालिकामा रहेर काम गरिरहेकाले एक हप्ता भित्र कार्यक्रम आउने उपाध्यक्ष कुमारी गुरुङले बताएकी छन् ।