गाेरखा । गाेरखा जिल्लामा जङ्गलमा पाइने जाँड बनाउनका लागि प्रयाेग हुँदै आएकाे बुटीकाे अनुसन्धान गर्न सिरानचाेक गाउँपालिका गाेरखाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) का उपकुलपति डा सुनिल बाबू श्रेष्ठलाई अध्ययन अनुसन्धानको लागि बुटि हस्तान्तरण गरेकाे छ ।
जाँड बनाउन प्रयाेग गरिने मर्चाका लागि स्थानीय स्तरमा पाइने बुटीहरुकाे प्रयाेग हुँदै आएकाे छ । सिरान्चाेक गाउँपालिका अध्यक्ष राजु गुरुङले श्रेष्ठलाइ नाष्टमा पुगेर बुटि प्रदान गरेका हुन् । बेनामे रहेकाे याे बुटीकाे नाम अनुसन्धान पछि पत्ता लाग्ने उपकुलपति श्रेष्ठले बताए ।
स्थानीय जंगलमा उत्पादित मर्चालाई व्यावसायिक गर्नका लागि बुटिकाे उपयाेगिता बारे पहिचान हुन आवश्यक रहेकाे गुरुङले बताए ।