Breaking News

गाेरखाका यम प्रसाद भट्ट मृत भेटिए

By मनासलु

August 07, 2021

साउन २३,गाेरखा ।  जिल्लाकाे सिरानचोक गाउँपालिका–७, स्थित अर्कुलमा फेला परेका शवको पहिचान खुलेको छ । दरौदी नदीको बिच बगरमा भेटिएको शव बारपाक सुलिकोट गाउँपालिका ५ लाकुरीबोट घर भएका ५१ बर्षिय यमप्रसाद भट्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

माछा मार्न गएका एक युवकले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली शव भेटिएको ठाउँमा पुगेको थियो । अनुसन्धानका क्रममा  शव माईला भनिने यमप्रसाद भट्ट रहेको खुल्न आएको प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएका उनकाे के कति कारण मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान सुरु भइसकेको दाहालले बताए । मृत्तक व्यक्तिकाे शव गोरखा अस्पतालमा पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।