Breaking News

याङ्काेटमा भेटियाे पहिचान गर्न नसकिने महिलाकाे शव

By मनासलु

August 07, 2021

साउन, २३ गाेरखा। गोरखाको याङकाेट क्षेत्रमा रहेको दरौदी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ ।

गोरखा नगरँपालिको १४ को याङ्काेट बजार संगै रहेको दरौदी नदी किनारमा पहिचान खुल्न नसकेको १ जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो । स्थानियले नदी किनारमा शव देखे पछि प्रहरीलाई जानाकारी आएको कार्यालयले जनाएको छ ।

वेवारिशे अवस्थामा पाईएको शवको अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

महिलाको शव सडिगलेको अवस्थामा रहेकोले पहिचान गर्न नसकिने अवस्थामा रहेको कार्यालयले जनाएको छ । आजै गोरखाका अर्कुलमा पनि १ जना पुरुषको शव दरौदी नदी बिच बगरमा फेला परेको थियाे ।