काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आसन्न संस्करण माल्दिभ्समा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको हो ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म हुनेछ । १३ औँ संस्करणको साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
भुटानले भने तीन दिनपछि निर्णय गर्ने भएको छ । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए ।
बझाङ न्युजबाट