साउन २७, गाेरखा । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपार्टी कमिटीले पालिका भित्रका सवै वडामा वडा कमिटी पुर्नगठन गरेको छ । पार्टीले गाउँपलिका भित्रका ८ वटै वडामा पार्टी कमिटी पुर्नगठन गरि गाउँपालिका पार्टी कमिटिबाट अनुमोदन गरेको गाउँपार्टी अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए ।
जस अन्तरगत वडा नम्बर १ को वडाकमिटी अध्यक्षमा बालकृष्ण सुनार, सचिवमा दिर्घमान गुबाजु, वडा नम्बर २ को अध्यक्षमा शेषनाथ भट्टराई, सचिवमा गकुल लामिछाने, वडा नम्बर ३ को पार्टी अध्यक्षमा करुणा खनाल, सचिवमा गणेशबहादुर लामिछाने भएका छन् । त्यस्तै पार्टीको वडा नम्बर ४ को वडाध्यक्षमा होमनाथ सिंखडा, सचिवमा रुद्र लामिछाने, वडा नम्बर ५ को अध्यक्षमा साधुराम श्रेष्ठ, सचिवमा शंकर बि.क, वडा नम्बर ६ को अध्यक्षमा रनिल रानामगर, सचिवमा फडिन्द्र भट्ट, चयन भएका हुन्
त्यसै गरि वडा नम्बर ७ को अध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा दलबहादुर कुमाल, वडा नम्बर ८ को अध्यक्षमा राम ढकाल र सचिवमा रामबहादुर श्रेष्ठ चयन भएको पाण्डेले जानकारी दिनुभयो । पार्टीको केन्द्रको निर्देशन अनुसार गाउँपालिका भित्रका सवै वडामा पार्टी कमिटी पुर्न गठन गरिएको उनले बताए ।
वडाबाट पुर्नगठन गरेर ल्याएको कमिटीलाई गाउँपार्टी कमिटीको बैठक बसेर अनुमोदन गरि जिल्ला पार्टी कमिटिमा पठाइएको अध्यक्ष पाण्डेले जानकारी दिए । बैठकमा गाउँपार्टी कमिटिका इन्चार्ज समेत रहनुभएका नेकपा माओबादी केन्द्रका नेता लोकप्रसाद बन्जाराले गठन भएको वडा कमिटीलाई राजनीतिक बैचारिक र सांगठनिक हिसावले चलायमान बनाउनु पर्नेमा जोड दिएका थिए ।