Breaking News

इन्जिनियरलाई कोभिड विरुद्धको खोप व्यवस्था गर्न नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनकाे माग

By मनासलु

August 11, 2021

नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन गण्डकी प्रदेश समितिले इन्जिनियरलाई प्राथमिकतामा राखी कोभिड विरुद्धको खोप व्यवस्था गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

प्रदेश अध्यक्ष विकास वाग्लेका नेतृत्वमा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्री मधुमाया अधिकारीलाइ कार्यकक्षमा भेटेर प्रदेश भरी रहेका सबै इन्जिनियरहरुलाइ खाेप लगाउन माग गरेकाे हाे । सँगठनले ११ वटै जिल्लाका सबैलाइ खाेप लगाउन मा गरेकाे हाे ।   ज्ञापनपत्रमा ११ वटै जिल्लामा रहेका इन्जिनियर, आर्किटेक्ट तथा भ्यालुयर्सहरुलाई प्राथमिकतामा सूचीमा राखि कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरिएकाे छ ।

विश्व प्रताडित भइरहेको महामारीबाट विकास निर्माणको काममा अग्रपङ्क्तिमा खटिएका इन्जिनियर पनि अछुतो नरहेको भन्दै ज्ञापनपत्रमा जोखिमपूर्ण तरिकाले खटिएका इन्जिनियरलाई खोपमा प्राथमिकता दिन आग्रह गरिएको छ । “जोखिमपूर्ण अवस्थामा समेत देशभर सरकारका तिनै तहका विभिन्न मन्त्रालय, विभाग, कार्यालय र आयोजनाहरु, शैक्षिक संस्था, निजी क्षेत्र र बैङ्क तथा वित्तीय संस्थामा इन्जिनियर, आर्किटेक्ट र भ्यालुयर्सहरु खटिइरहेका छन्,”ज्ञापनपत्रमा भनिएको छ ।