भदौ, गोरखा । गोरखाका एक पुरुष विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङ रहेका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।