Breaking News

गाेरखामा १२ गतेदेखि जाेर विजाेर प्रणालिमा सवारी सञ्चालन हुने

By मनासलु

August 26, 2021

भदाै १०, गोरखा ।  यहिजिल्लामा भदाै १२ गतेदेखि जाेर विजाेर प्रणालिमा सवारी साधन चल्ने भएका छन् ।  जिल्लामा निषेधाज्ञा भने कायमै रहेकाे छ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा उल्लेखनीय रुपमा कमी आएको भन्दै खुकुलो बनाउने निर्णय गरेको हो ।

साविकको निषेधालाई खुकुलो पार्नुपर्नेमा जिल्ला भित्रको दलहरुको राय मिले पछि आज भएको केन्द्रको बैठकले बजार, वैँक तथा सवारी साधानहरुमा लगाएको प्रतिबन्ध खुकुलो पारेको छ ।

शनिबार अर्थात भादै १२ गतेदेखी बजार बिहानैदेखी दिउसो २ः०० बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । सवारी साधानको हकमा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

पौडेलका अनुसार बैठकमा उपस्थित सबैको राय अनुसार नै सार्वजनिक सवारी साधन सुचारु गर्ने र राष्ट्रिय वाणिज्य वैँकबाहेक अरु वैँकहरु सुचारु गर्ने निर्णय भएको छ ।

सरकारी कार्यालयहरुको हकमा बढी सेवा ग्राही आउने मालपोत तथा जिल्ला प्रशासन कार्यालय पुनःबारअनुसार पालिकाको सेवा दिने गरी सुचारु गराउने निर्णय भएको छ ।

यस अघि जारी कडा प्रकारको निषेधा भने शुक्रबार अर्थात भाद्र ११ गते राती १२ बजे सम्म लागु हुने छ ।