जिल्ला प्रशासन कार्यालय गाेरखा ।

Breaking News

गाेरखामा मालपाेत र प्रशासनकाे सेवा आलाेपालाे

By मनासलु

August 28, 2021

भदाै १२, गाेरखा । गोरखा सदरमुकाममा रहेका जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयले बार अनुसार सेवाग्राहीलाई सेवा दिने भएको छ । कोरोना महामारीका कारण सेवामा सहजता र संक्रमण दर फैलनबाट रोक्ने उद्वेश्यका साथ बार अनुसार सेवा दिनलागेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप नहोस र संक्रमण फैलने खतरा पनि कम होस भन्ने उद्वेश्यका साथ भिडभाड हुने सबै सरकारी कार्यालयलाई सूचना प्रशासन गरी बारअनुसार सेवा दिन भनिदएको प्रजिअ पौडेलले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय गर मालपोत कार्यालयले एउटै प्रकृतीको सूचना जारी गर्दै बार अनुसारको सेवा लिन आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । मालपोत कार्यालय आइतबार–सोमबार : गोरखा नगरपालिका र आरुघाट र धार्चे गाउँपालिका मंगलबार–बुधबार : पालुङटार नगरपालिका र सिरानचोक र गण्डकी गाउँपालिका बिहीबार–शुक्रबार : भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका

जिल्ला प्रसासन कार्यालयको सेवा आइतबार र सोमबार : गोरखा नगरपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिका मंगलवार र बुधवार : पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बिहीवार र शुक्रवार : भिमसेन थापा, शहीदलखन, बारपाक सुलिकोट, अजिरकोट र चुमनुब्री गाउँपालिकाका

उता उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै सेवाग्राहीलाई भने सिर्दीबासमा रहेको सेवा केन्द्रबाट सेवा लिन कार्यालयले भनेको छ । त्यस्तै गरी जिल्ला प्रशासन कार्यालय गोरखाले पनि सूचना जारी गर्दै बार अनुसारको सेवा दिने जानकारी गराएको छ । उता नापी कार्यालयले भने बार अनुसार भन्दा पनि सेवा ग्राही आएको खण्डमा ६ दिन नै सबै पालिकाको काम गर्ने जनाएको छ ।  प्रशासनले सहज हाेस भनेर मालपाेत र जिल्ला प्रशासन कार्यालयकाे सेवा एकैदिन पर्ने गरी पालिकाहरु मिलाएकाे छ ।