गाेरखा । गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाले नेपाली सेनाको हेलिकोप्टरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार ३४ क्वीण्टल चामल चुम्चेत पुर्याएको छ ।
खाद्यान्नको अभाव रहेको त्यस क्षेत्रका लागि चामल ढुवानी गरिएकाे प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । माैसमले साथ नदिएका कारण सममै त्यस क्षेत्रमा खाद्यन्न पुर्याउन सकिएकाे थिएन ।
छेकम्पारका लागि चामल ढुवानी गर्ने काम बाँकी नै रहेकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।