Breaking News

काँग्रेसमा प्रतिनिधिसभा क्षेत्रकाे समिति सर्वसम्मत चयन

By मनासलु

October 01, 2021

गोरखा । नेपाली काँग्रेस गोरखाको निर्वाचन क्षेत्र नम्बर १ र २ का प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति र सचिव सहमतिमा  चयन भएका छन् । क्षेत्र नम्वर १ को सभापतिमा नारायण लामिछाने र दुई सचिवमा शरण श्रेष्ठ र रोशन गुरुङ छनाैट भएका हुन् ।

क्षेत्रमा सभापतिका अर्का प्रत्याशि ईश्वर अधिकारीले उम्मेद्वारी फिर्ता लिएसँगै लामिछाने सर्वसम्मत् भएका हुन् । सचिव पदमा भने दुई जनाको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्वर २ को कार्यसमितिका सभापति र सचिव निर्विरोध भएका छन् । सभापतिमा गोविन्द गुरुङ तथा दुई सचिव पदमा दूर्गाबहादुर गुरुङ , सरोज देवकोटा निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ ।