Breaking News

काँग्रेसमा महाधिवेशन प्रतिनिधिका लागि मतदान हुँदै, हरिबहादुर घलेकाे लिष्ट अनुसार मतदान गर्न आग्रह

By मनासलु

October 02, 2021

गाेरखा । गाेरखा जिल्लामा नेपाली काँग्रेसकाे महाधिवेशन प्रतिनिधि छनाैटका लागि मतदान भइरहेकाे छ । निर्वाचन क्षेत्र नम्बर दुइकाे केन्द्र निर्माण व्यावसायि समितिकाे सभाहलमा र निर्वाचन क्षेत्र नम्बर एक काे पार्टी कार्यालय तिनधारामा मतदान जारी छ ।

केन्द्रमा हुने महाधिवेशनका लागि भाग लिन जान सम्बन्धित सँघिय प्रदेश तहबाट चुनिनुपर्ने प्रावधान रहेकाे छ । मतदानमा क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउँछन् ।

गोरखा क्षेत्र नम्बर १ मा  महाधिवेशन प्रतिनिधि पदका लागि ५८ जनाको उमेद्धवारी परेको छ ।  खुल्ला पुरुषमा १० जनाका लागि २२ जनाको उमेद्धवारी परेको छ ।

खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ७ जना, महिलामा एक जना चाहिने चार जनाको उमेद्धवारी परेको छ । आदिवासि जनजातिमा तीनजना चाहिने पाँच जना, महिला तीन जनाका लागि पाँच जना, दलित एक जनाको लागि चार जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि दुई जनाको उमेद्धवारी परेको मतदान अधिकृत लक्ष्मण आचार्यले बताए ।

विहान ८ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा मतदान सुरु भएकाे थियाे । गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका  लागि २७ जनाको उमेद्धवारी परेको मतदान अधिकृत श्याम लामिछानले जानकारी दिए ।

मतदान सामग्री देखाउँदै काँग्रेस कार्यकर्ता । तस्वीर राजेन्द्र न्याैपाने

खुल्ला महिलामा ४ जनाका लागि ११ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ५ जना, महिलामा एक जना चाहिने २ जनाको उमेद्धवारी परेको छ । आदिवासि जनजातिमा तीनजना चाहिने ८ जना, महिला दुई जनाका लागि ३. जना, दलित एक जनाको लागि २ जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि एक जनाको मात्रै उमेद्धवारी परेको लामिछानेले बताए ।

काँग्रेसकाे चुनावी माहाैल गाेरखा बजारकाे जनजीवन व्यस्त बनेकाे छ । काेराेना सङक्रमणका लागि चलायमान नभएकाे बजारका हाेटेल लगायतका व्यापार व्यवसायहरुले गति लिन थालेका हुन् । झण्डै दुइ हजार पाँचकाे सँख्यामा काँग्रेस नेता कार्यकर्ताहरु बजारमा उपस्थिति हुँदा चहलपहल बढेकाे छ ।

उम्मेदवारहरुले प्रचारप्रसारलाइ आधुनिक पर्चा पम्प्लेट मार्फत सक्रिए बनाएका छन्  । कतिवपयले निर्वाचन स्थलमा साउण्ड बक्स नै राखेर प्रचार गरिरहेका छन् । निर्वाचन आचारसँहिता भने उम्मेदवारहरुले खासै पालना गरेकाे नगरेका क्षेत्रीय प्रतिनिधिहरु बताउँछन् ।

महाधिवेशन प्रतिनिधिमा क कसलाइ जिताउने भनेर काँग्रेसका बहालवाला सभापति हरी बहादुर घलेले लिष्ट वितरण गरेका छन् । के आधारमा लिष्ट प्रदान गरिएकाे हाे भन्नेमा प्रमाण खुलेकाे छैन । भूगाेलमा रहेर काम गरेका, केन्द्रबाट केन्द्रिय अध्यक्षले दिएकाे दवावमूलक निर्देशन लगायतकाे आधारमा लिष्ट तयार भएकाे काँग्रेस स्राेतले पुष्टि गरेकाे छ । लिष्ट भन्दा बाहिर गएर मतदान नगर्न कडा निर्देशन आएकाे प्रतिनिधिहरु बताउँछन् ।