Breaking News

गाेरखाका तीन पालिका प्रमुख काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

By मनासलु

October 03, 2021

गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे १४ अाैँ महाधिवेशनका लागि गाेरखाका तीनवटा स्थानीय तहका प्रमुखहरु महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष तर्फबाट निर्वाचित भएका छन् । यसले पार्टी र सत्ता एक अर्काका परिपूरक भएकाे सङ्केत प्रदान गरेकाे छ । सत्तामा नरहेका तर पार्टीका लागि याेगदान गरेका कतिपयले आवश्यक मत प्राप्त गर्न नसक्ने महाधिवेशन प्रतिनिधिका लागि फेरि अर्काे पटक प्रयास गर्नु पर्ने भएकाे छ ।

काे काे हुन महाधिवेशन प्रतिनिधिमा निर्वाचित स्थानीय तहका प्रमुखहरु ?

(१) राजनराज पन्त, गाेरखा नगरपालिका   । महाधिवेशनमा प्राप्त मत सङ्ख्या  ६२३

(२) पूर्ण बहादुर दाहाल, आरुघाट गाउँपालिका । महाधिवेशनमा प्राप्त मत सङ्ख्या ५४७

(३) इश्वर  पाण्डे, भीमसेन थापा गाउँपालिका गाेरखा । महाधिवेशनमा प्राप्त मत सङ्ख्या ४७२