Breaking News

नेपाली काँग्रेस गाेरखा पदाधिकारीका लागि निर्वाचन

By मनासलु

October 05, 2021

गाेरखा । नेपाली काँग्रेस गाेरखाका लागि  सभापति सर्वसम्मत चयन भएपनि कांग्रेस जिल्ला कार्यसमितिका  अन्य  पदाधिकारी पदमा भने मतदान भएकाे छ ।  उप सभापतिमा पाँच जना, सचिवमा पाँच जना, सह सचिवमा आठ जनाको उम्मेदवारी भएको छ ।

उप सभापतिमा इमानसिंह बस्नेत, धिरन थापा, रविकला खनाल, सिपी पोखरेल र हरीबहादुर गान्धरीले उम्मेदवारी दिएका छन् । सचिव पदमा किशोरजंग थापा, ओम गुरुङ, कृष्णबहादुर आले, रामप्रसाद भण्डारी, तारानाथ पुडासैनीले उम्मेदवारी दिएका छन् ।

उपसभापति, सचिव र सह सचिव दुईदुई जना आवश्यक पर्छ । यी पदमा मंगलवार बिहान ८ बजेबाट मतदान हुने नेपाली कांग्रेस जिल्ला पार्टीले जनाएको छ ।

उपसभापतिका लागि इमानसिँह बस्नेत र रविकला खनालकाे पक्षमा मतदान गर्न सर्कुलर भएकाे प्रतिनिधीहरुले बताएका छन् ।  सचिवका लागि किशाेरजँग थापा र कृष्ण बहादुर आलेकाे पक्षमा रुलिङ भएकाे पार्टी स्राेतले जानकारी दिएकाे छ ।