गाेरखा । नेपाली काँग्रेस गाेरखा जिल्ला कार्य समितिका लागि भएकाे निर्वाचनमा एक हजार ५१९ मत खसेकाे निर्वाचन समितिका अध्यक्ष शिव बहादुर थापाले बताए ।
उपसभापति,सचिव, सहसचिव र सदस्यहरुकाे पदका लागि निर्वाचन भएकाे हाे । सचिवमा पाँच जनाकाे उम्मेदवारी परेकाे थियाे ।
हेर्नुहाेस् पदाधिकारी पदका उम्मेदवारहरु
उप सभापति पदका लागि इमानसिँह बस्नेत,धिरन थापा, रविकला खनाल, सिपि पाेखरेल, हरि बहादुर गान्धारी रहेका छन् । सम्भावित विजयि उम्मेदवार धिरन थापा र रविकला खनाल रहेकाे मतदाताहरुकाे भनाइ छ ।
सचिवमा ओम बहादुर गुरुङ, किशाेरजँग थापा, कृष्ण बहादुर आले, तारानाथ पुडासैनी, रामप्रसाद भण्डारी रहेका छन् । यी पाँच मध्ये किशाेरजँग थापा र कृष्ण बहादुर आले विजयी हुने मतदाताहरुकाे भनाइ छ । कृष्ण बहादुर आलेकाे मत लाेकप्रिय रहने उनले समेत मतदाताहरुले अपेक्षा गरेका छन् ।
सह सचिव पदका लागि कमल प्रसाद अँगाइ, गँगा प्रसाद अधिकारी, दिपक हमाल, भेजराज पाण्डे, मान प्रसाद धिताल ,रामशरण आचार्य, लुमनाथ लामिछाने, विश्व भट्ट रहेका छन् । आठ मध्य लुमनाथ लामिछाने विजयि हुने सम्भावना रहेकाे छ । बाँकी एक पदका लागि भने मत गणना पछि नै भन्न सकिने मतदाताहरु बताउँछन् । नेपाल शिक्षक सँघकाे जिल्ला अध्यक्ष भएर काम गरेका लामिछाने तान्द्राङ निवासी हुन् ।
गोरखामा १ हजार ७ सय ५२ क्षेत्रिय प्रतिनिधीले मतदानमा भाग लिन पाउने भएपनि मंगलबार भएकाे निर्वाचन प्रकृयामा १ हजार ५ सय १९ मात्रै भाेट खसेकाे समितीका शिव थापाले जानकारी दिएका छन् ।