गाेरखा । नेपाली काँग्रेसको १४ औं अधिबेशन अन्र्तगत गोरखा जिल्ला पार्टी सभापति बाहेकका पदाधिकारी निर्बाचनबाट चुनिएका छन् ।
आज सम्पन्न भएको मतगणनामा जिल्ला पार्टी उपसभापति पदमा धिरन थापा र इमानसिंह बस्नेत बिजयी भएका छन्छ । ५० मत गन्न बाँकी रहदा थापा र बस्नेत ९९८ र ५३८ मत ल्याएर चुनाव जितेका हुन् ।
उपसभापति पदमा रबिकला खनाल, सिपी पोखरेलले, हरिबहादुर गान्धारी प्रतिस्पर्धामा रहेका थिए ।
सचिवमा पत्रकार विजयी
सचिव पदका लागि भएको निर्वाचनमा पत्रकार किशोरजंग थापा ६५३ मत ल्याएर बिजयी भएका छन् । अर्का सचिवमा कृष्णबहादुर आलेले ६७३ मत प्राप्त गरेर विजयी भए । उनी यस अघि जिल्लाका काेषाध्यक्ष रहेका थिए । थापा एकैपटक जिल्ला सचिवमा निर्वाचित भएका हुन् । यस अघि उनी पत्रकारितामा सक्रिय रहँदै आएका थिए । मूल धारकाे राजनीतिका लागि आफूले पत्रकार महासँघकाे सदस्यता त्यागेकाे थापाले बताए ।
५० मत गन्न बाँकी छदै उनीहरु विजयि भएका हुन् । सचिव पदका उमेद्धवार ओमबहादुर गुरुङले ४५९ मत, तारानाथ पुडासैनीले ३७५ र रामप्रसाद भण्डारीले ३१३ मत प्राप्त गरेका छन् ।
आजै सम्पन्न भएको सहसचिव पदमा लुमनाथ लामिछाने र गंगा प्रसाद अधिकार बिजयी भएको निर्वाचन अधिकृत देव बहादुर महतले जानकारी दिए । लामिछानेले ६७५ मत र अधिकारीले ३७६ मत ल्याएर जिल्ला पार्टी सहसचिवमा बिजयी भएका हुन् । गणना गर्न बाँकी रहेकाे मतकाे सँख्या यसमा जाेडिएकाे छैन ।