काठमाण्डौं । एक समय सुपरहिट फिल्म “कबड्डी” को सिक्वेल फिल्म “कबड्डी कबड्डी” हुँदै “कबड्डी कबड्डी कबड्डी” सम्म आइपुगेको छ ।
दयाहाङ राइ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राइ, कर्मा लगायतको मुख्य भुमिका रहेको फिल्मको पुरै सिक्वेलमा रामबाबु गुरुङको निर्देशन रहेको छ । फिल्मलाई ओएसआर डिजिटलले युट्युवमा सार्वजनिक गरेको छ ।
“फिल्म समिक्षा”
जब एउटा फिल्म सर्जक आफ्नो सिर्जनात्मक दायित्व भुल्दै जान्छ र पैसा छाप्नकै पछि दगुर्न थाल्छ, त्यसपछि जन्मिन्छ, ‘कबड्डी कबड्डी कबड्डी।’