काठमाण्डौं । नेपाल प्रत्रकार महासँघ गण्डकी प्रदेश कोषाध्यक्ष तथा मनासलु डटकमका सम्पादक राजेन्द्र न्यौपाने अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट युनाईटेड अरब इमिडेट्स (यु ए ई) मा सम्मानित भएका छन् ।
दुइ दशक देखि पत्रकारिकामा सक्रिय रहेका पत्रकार न्यौपाने प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत रहेका छन् । न्याैपाने छापा, टेलिभिजन र रेडियाे पत्रकारितासँगै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । सम्मान ग्रहणका लागि न्याैपाने युएइ पुगेका छन् । समाजिक अवार्ड अन्तर्गत न्याैपाने युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।