नुब्री आधारभूत विद्यालयका बालबालिकाहरु परिक्षा दिदैँ । तस्वीर गणेश ढकाल

Breaking News

हिउँमा बसेर परिक्षा दिन्छन् चुमनुब्रिका विद्यार्थिहरु

By मनासलु

December 30, 2021

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिकामा यतिबेला प्रथम त्रैमासिक परिक्षा चलिरहेकाे छ । चुमनुब्रि गाउँपालिका वडा नम्बर ४ गाप स्थित श्री नुब्रि आधारभूत विद्यालयमा रहेका ९० जना बालबालिकाहरु हिउँ माथि बसेर परिक्षा दिइरहेका छन् ।

पहिलाे र दाेस्राे सिफ्ट गरेर परिक्षा सञ्चालन गरिएकाे विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए । दुइ दिन अघि देखि हिउँ परिरहेकाे छ । भित्र राख्दा झनै जाडाे हुन्छ । हिउँ माथि घाममा विद्यार्थिहरु राखेर परिक्षा सञ्चालन गरिरहेका छाैँ  उनले भने।