गोरखा । राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तीका दिन गोरखा नगरपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेकाे छ । २७ पुषमा पर्ने उक्त दिन नगरभित्र सार्वजनिक विदा दिने निर्णय भएकाे गाेरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
आइतबार नगर कार्यपालिका बैठकले विदा दिने निर्णय गरेकाे हाे । उक्त दिन पालिका मातहत रहेका सरकारी कार्यलय,विद्यालय बन्द रहने जनाइएकाे छ । नगरपालिकाले गाेरखा सँग्रहालय परिसरमा आैपचारिक कार्यक्रम समेत गर्ने पन्तले जानकारी दिए ।
पृथ्वि नारायण शाहले बाइसि चाैविसी राज्य एकीकरणकाे अभियान गाेरखाबाट थालनी गरेका थिए । एकीकरणबाट अन्य राज्यलाइ गाेरखा राज्यमा मिलाउँदै लगे । गाेरखामा रहेकाे राजधानीलाइ काठमाण्डाैमा स्थानान्तरण गरे । नेपाल एकीकरण पछि उनी कहिल्यै गाेरखा फर्केनन् । गाेरखा पृथ्वी नारायण शाहले जस्ताे छाडे उस्तै अवस्थामा हाल सम्म रहेकाे छ । उनै पृथ्वीकाे सम्झनामा गाेरखावासीले पुष २७ गते उत्सव मनाउँदै आएका छन् ।