Breaking News

एकीकरण मार्ग खोज्दै नेपाली सेना यात्रामा अघि बढ्याे

By मनासलु

January 05, 2022

पृथ्वी नारायण शाहले नेपाल राज्य एकीकरण गर्ने क्रममा गोरखा हुँदै हिँडेको बाटो एकिकरण मार्ग खोज्दै नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्म पदयात्रा सुरु गरेको छ । तीसय औं पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखा दरबारदेखि काठमाण्डौको हनुमाढोका दरबारसम्म पदयात्रा सुरु गरेको हो । आज गोरखा जिल्ला स्थित हुनमानथानबाट सेनाले पदयात्रा सुरु गरेको छ ।

सेनाको श्री रिपुमर्दन गणको संयोजनमा गरिएका गणका सेनानी प्रकाश परियारले बताउनुभयो । कार्यक्रमलाइ गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाले सहयोग गरेका छन् ।

पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट पैदल यात्रामा निस्किएको हो ।

पदयात्रामा १० जना तत्कालिन पृथ्वी नारायण शाह कालिन सेनाको कालो पोशाकमा र ३० जना हालको नेपाली सेनाको पोसाकमा गरी ४० जनाको समुह रहेको परियारले बताउनुभयो ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछन ।

धादिङको शिव दल गणको टोलीले नुवाकोट र केहि दिनपछि नुवाकोटले काठमाण्डौलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ काठमाण्डौंको हनुमान ढोका पुग्ने श्री रिपुमर्दन गणका सेनानी परियारले बताउनुभयो ।

टोली २७ गते हनुमानढोकामा आयोजित पृथ्वी जयन्यतीको औपचारिक कार्यक्रममा सहभागी हुने नेपाली सेनानी परियारको भनाइ छ ।

‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो ।