साँकेतिक तस्वीर

Breaking News

शिक्षकहरुकाे तलव निकासा नगरेकाे भन्दै इच्छाकामना गाउँपालिकाकाे शिक्षा शाखामा तालावन्दी

By मनासलु

January 05, 2022

कुरिनटार, २१ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा तालाबन्दी भएको छ । शिक्षकहरूको तलब निकासा नदिएको भन्दै इच्छाकामना गाउँपालिका ५ मुग्लिन स्थित त्रिवेणि बराह माविका शिक्षकहरुले आज गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिदिएको हो।

तालाबन्दीको कारण गाउँपालिकाको शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोतव्यक्ती भविश्वर गुरुङ भित्रै थुनिएका छ्न। यस सम्बन्धी थप कुराकानी गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टलाई मोबाइलमा सम्पर्क गर्दा उनको फोन उठ्न सकेन। प्राप्त जानकारी अनुसार सबै विद्यालयकाे माग फारम प्राप्त भैनसकेकाे कारण तलव निकासाका लागि समस्या भएकाे जनाइएकाे छ ।