राजनीति

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट गोरखाका ११ जना केन्द्रिय सदस्य निर्वाचित

By मनासलु

January 07, 2022

गोरखा । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट गोरखाका ११ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।

गत पुष ११ गतेदेखि सुरु भएको महाधिवेशनको ८औँ दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा २ सय ३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रिय कमिटीमा गोरखाका ११ जना परेका छन् ।

केन्द्रिय कमिटिमा परेकाहरुको नामावली निम्नाअनुसार रहेको छ :

  1. नारायणकाजी श्रेष्ठ
  2.  हितराज पाण्डे
  3.  हरिराज अधिकारी
  4.  कृष्ण धिताल
  5.  चुडामणि खड्का
  6. अमर तमु
  7. पर्सुराम रम्तेल
  8. लेखनाथ न्यौपाने
  9. शुशिला सिम्खडा
  10. पार्वती थापा
  11. पम्फा बसेल