Breaking News

काेराेना सङक्रमणका कारण माघ १५ गते सम्म विद्यालय बन्द गर्न सिफारिस

By मनासलु

January 09, 2022

कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।

कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको उनको भनाइ छ । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।