समाचार

छाेराकी सासु र बाबु प्रेम सम्बन्धमा परेपछि‍‍….

By मनासलु

January 25, 2022

गोरखा ।  जिल्लाकाे सिरानचाेक गाउँपालिकामा छाेराकी सासुलाइ आफ्नै बाबुले प्रेम सम्बन्धमा पारेका छन् ।  पछिल्लो समय नाताले सम्धी सम्धीनी पर्नेले प्रेम विवाह गरेर चर्चा कमाएको छ । लामो सयम पछिको दुवैको मायाँ विवाहमा परिणत भएको र लुकीछिपी चितवनमा बस्दै आएका उनीहरुलाई आफन्तको उजुरीको आधारमा गोरखा प्रहरीले पक्राउ गरे संगै सम्धी सम्धीनीको विवाह भएको प्रमाणित भएको हो ।

गोरखा प्रहरीले पक्राउ परेका दुवै जोडीलाई बहु विवाह मुद्वा दर्ता गरेर कानूनी दायरामा ल्यााएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्लाको सिरानचोक गाउँपालिका ५ भर्लाबोटका ४४ बर्षिय पुरुषले कान्छो छोरोको सासु ४० बर्षिया महिला संग प्रेम विवाह गरेर चितवन बस्दै आएको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दुवै जोडीले पौष २३ गते विवाह गरी बस्दै आएको खुल्न आएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।

पुरुषका श्रीमतीले गोरखा प्रहरीमा उजुरी दिए लगत्तै विवाहीत जोडीलाई तितवनबाट नियन्त्रणमा लिएर गोरखा ल्याईएको हो । पुरुषको घरमा श्रीमती सहित २ छोरा छन् भने महिलाको श्रीमान रोजगारीको सिलशिलामा बिदेशमा रहेको पनि गोरखा प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा दुवै जना विगत ७ बर्षदेखी प्रेम सम्बन्धमा रहेको पुष्टी हुन आएको पनि गोरखा प्रहरीले जनाएको छ ।