डोटी । जिल्लाकाे सलेनामा माईत आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । केआईसिंह गाउँपालिका ६ सलेना घर भएका खेम भाटको छोरी २० वर्षीया हरिना भाट मृत अवस्थामा फेला परेको डोटी प्रहरीले जनाएको छ ।
घरबाट करिब एककिलाेमिटर पर रहेको रउताने खोलामा हरिनाको मृत शरिर फेला परेको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट राजपुरबाट प्रहरी सहायक निरिक्षक मनिष जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा टोली घटना स्थल जादै गरेको डोटी प्रहरीले जनाएको छ ।
युवतीको शव बाटोभन्दा करिब ५ मिटर तल घोप्टो अवस्थामा फेला परेको छ । उनका आफन्तले भने भाटको हत्या भएको आशङ्का गरेका छन् ।
माईती पक्षका अनुसार १ महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिकाका १ व्यक्तिसँग प्रेम विवाह गरेकी मृत भाट माइती घर आएको आज ४ दिन मात्र भएको छ ।