Breaking News

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते

By मनासलु

January 25, 2022

निर्वाचन आयोगले राष्ट्रियसभा बुधबार (माघ १२) गते हुने  चुनावकाे सबै तयारी भएकाे जनाएकाे छ ।

राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि निर्वाचन हुन लागेको हो। आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन्।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने प्रावधान रहेकाे छ । गण्डकी प्रदेशमा ३ सदस्यका लागि चुनाव हुनेछ । जसमा माअाेवादी केन्द्रबाट सुरेश आलेमगर र भुवन सुनार नेपाली काँग्रेसबाट कमला पन्त उम्मेदवार रहेका छन् ।

बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयाेगले जनाएकाे छ ।