Breaking News

काेराेना सँक्रमणका कारण बुधबार १५ जनाकाे मृत्यु

By मनासलु

January 27, 2022

काठमाडौं। काेराेना सँक्रमणका कारण बुधबार १५ जनाकाे मृत्यु भएकाे छ ।  पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।