Home भिडियो दुर्गेश थापाको नयाँ गित “पैसा” सार्वजनिक

दुर्गेश थापाको नयाँ गित “पैसा” सार्वजनिक

शनिबार, माघ १५, २०७८
0
187

काठमाडौं । विवादित छविका गायक दुर्गेश थापाले नयाँ गीत युट्यूवमा रिलिज गरेका छन्, जसको बोल छ– पैसा ।

गीतका शब्दहरु सुन्दा दुर्गेशले भिटेनलाई आदर्श मान्न थालेको प्रतित हुन्छ । र्याप स्टाइमा उनले गाएको गीतमा आपत्तिजनक र छाडा शब्दहरु प्रयोग भएका छन् । सबै कुरा गर्न ‘पैसा’ चाहिने सन्देश दिने क्रममा उनी अनर्गल तरिकाले प्रस्तुत भएका छन् । आफैंले रचना र संगीत गरेको गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् । गीतको भिडियोमा पनि दुर्गेशले अश्लिल हाउभाउ देखाएका छन् ।

दुर्गेशको गीत छाडा मात्रै छैन, उनले चोरी पनि गरेका छन् । हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका लागि गाएको ‘नोट–नोट’ बोलको गीतबाट उनले एक लाइन चोरेका हुन् ।

हरिवंशले गाएको गीतमा भनिएको छ– हेर्दा जाबो कागत, यसको कत्रो तागत दुर्गेशले गाएको गीतमा भनिएको छः जाबो यत्रो कागत, यसको कत्रो तागत

NO COMMENTS