Home भिडियो बले र कक्रोजले सँगै बेहुली भित्राए (भिडियो सहित)

बले र कक्रोजले सँगै बेहुली भित्राए (भिडियो सहित)

शनिबार, माघ १५, २०७८
0
207
काठमाण्डौं । गायक मदन थापा र गायिका विन्दु परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा गायक थापा स्वयंको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, हरी निरौला ‘कक्रोज’ सँगै ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकालले अभिनय गरेका छन् । 

गीतले उनीहरूको प्रेमभाव बोल्छ । राजिव समरको निर्देशन रहेको गीतको भिडियोलाई पवन सुशीलिङले खिचेका हुन् । भिडियो ‘बले इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलमा सार्वजनिक भएको छ ।

NO COMMENTS